कछुवा गतिमा पूर्ननिर्माणको काम

काडमाडौं–चैत १८ । विनाशकारी भूकम्प गएको बर्ष दिन बित्न लाग्दासमेत भूकम्पपछि गर्नुपर्ने पूर्ननिर्माणको कामले गति लिन सकेको छैन । शुरूमा प्राधिकरण गठन र त्यसको सिइओ नियुक्ति गर्ने विषयमा लामो विवाद भएपछि पूर्ननिर्माणको कामले गति लिन सकेको थिएन ।

nepal-earthquake_3281658b लामो समयपछि बल्ल बल्ल प्राधिकरण गठन भएर सिइओ नियुक्त भएपनि त्यसले प्रभावकारी काम गर्न नसक्दा भूकम्पपीडित झन् समस्या परेका छन् । गत माघ महिनामै प्रधानमन्त्री पूर्ननिर्माण महाअभियान शुरूपनि त्यसले गति लिन सकेको छैन । यति सम्मकी राष्ट्रपति र प्रधानमन्त्रीले पूर्ननिर्माण महाअभियान शुरू गरेका क्षेत्रमा समेत काम हुन सकेको छैन । पूर्ननिर्माणको कामले गति लिन नसक्नुमा सरकार र प्राधिरण दुवै जिम्मेवार रहेको सर्वसाधारण बताउँछन् । भूकम्पछिको पूर्ननिर्माण गति लिन नसकेपछि अहिले जनस्तरबाट व्यापक गुनासाहरू आइरहेका छन् । स्वंम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूर्ननिर्माण प्राधिकरणको काम प्रति असन्तुष्टि जनाउँदै पूर्ननिर्माण सम्बन्धि कामको दैनिक जानकारी गराउन निर्देशन दिनुभएको छ । तर प्राधिकरणका सिइओ शुसिल ज्ञवाली भने सूचना दिन त परै जाओस् सञ्चार माध्यमको सम्पर्क समेत आउन चाहदैनन् । अहिले पूर्ननिर्माण प्राधिकरणले भूकम्पबाट घर पूर्ण रूपमा क्षति भएकाको विवरण संकलन गरी सरकारले भूकम्पपीडितलाई दिने अनुदान रकम वितरण गर्ने तयारी गरिरहको छ, त्यो पनि अति नै सुस्त गतिमा । प्राधिकरण हालसम्म दोलखाको सिंगटी भूकम्पपीडितलाई मात्र अनुदान रकम दिएको छ भने अन्य जिल्लाका भूकम्पपीडितलाई अब अनुदान दिने प्रक्रिया अगाडि बढाउँदै छ । भूकम्प गएको १ बर्ष हुन लाग्दासमेत सरकारले पूर्ननिर्माणको कामलाई प्रवाभकारी ढङ्गले अगाडि बढाउन नसक्दा भूकम्पपीडित निरास बनेका छन् ।

तपाईको प्रतिक्रिया