बाँके–१७, चैत। नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले वर्तमान सरकार गैर जिम्मेवार, निरिह र शक्तिहिन बन्दा जनताले दुःख पाएको आरोप लगाउनु भएको छ । नेपालगन्जमा बुधबार पत्रकार सम्मेलन गरि नयाँ शक्ति अभियान नेपालका संयोजक भट्टराईले देशमा नाकाबन्दी हटिसक्दापनि कालोवजारी, भ्रष्टाचार कायमै रहनु सरकारको नालायकिपन भएको भन्दै सरकारको आलोचना गर्नुभएको हो । उहाँले भुकम्पको एक बर्ष वितिसक्दा समेत सरकारले राहत तथा पुननिर्माणको काम नथाल्नु जनाता प्रतिको वेवास्था भएको बताउनुभयो । राष्ट्रिय संकट समाधानको साटो सरकार कुम्भकर्ण र कछुवाको गतिमा हिडिरहेको अरोप भट्टराइको थियो । डाक्टर भटराइले देशमा भैरहेको असमानता र कालोवजारीको संजाल तोडेर जनतालाई राहत दिलाउन नयाँ शक्ति केन्द्रित हुने जिकिर गर्नुभयो । नयाँ शक्तिमा लाग्ने कुनैपनि व्यक्तिलाई भ्रष्टचारको मुद्दामात्रै दायर भए स्वतह निस्काशित गर्ने नीति बनाएको भन्दै उहाँले शुसासन, समुन्नत र समृद्ध नेपाल नयाँ शक्तिको एकमात्र लक्ष्य र उद्देश्य हुने बताउनुभयो ।