एमाले विभागलाई पूर्णता दिन १८ सदस्यको नाम प्रस्तुत

काठमाडौं, चैत–१७ । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको १८ विभागमा सदस्य नियुक्तिका विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लामो समयदेखि रिक्त रेहेका विभागहरुलाई पूर्णता दिने विषयमा छलफल भएको हो । baluatar

बैठकमा विभागलाई पूर्णता दिन १८ सदस्यको नामा प्रस्तुत गरिएको छ । यसअघि मंगलबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो चीन भ्रमणमा भएका उपलव्धी बारे जानकारी गिराएका थिए ।

महाधिवेशन सम्पन्न भएको लामो समय वितिसक्दा पनि एमालेले विभागहरुले पूर्णता नपाउँदा एमाले युवा नेताहरु ओक्रोशित बन्दै आएका छन् ।

तपाईको प्रतिक्रिया