मन्त्री पनि गए, सेवा पनि गयो

काठमाडौं–चैत १६ । तत्कालीन सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितको सक्रियतामा सेवाग्राहीको भीडभाड हुने मालपोत, नापी, राहदानी विभाग, टेलिकम लगायतका lalbabu-panditकार्यालयलाई १२ घन्टे सेवा दिने बनाइएपनि अहिले त्यो सेवा कार्यान्वयनमा छैन । एमाले नेता लालबाबु पण्डित मन्त्रीपदबाट बाहिरिएसँगै यो सेवा पनि अस्ताएको हो । गत बैशाख १२ गतेको विनाशकारी भूकम्प र संविधान जारी भएपछि भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी कारण यो सेवालाई निरन्तरता दिन नसकिएको सरकारी अधिकारीको भनाइ छ । १२ घन्टे सरकारी सेवा साँझ ६ बजेसम्मको चलेको थियो भने विहानपनि कार्यालयहरू ६ बजे नै खुल्ने गरेका थिए ।

तपाईको प्रतिक्रिया