पोखरामा ट्राफिक लाइटको टड्कारो आवश्यकता

कास्की–चैत १६ । पोखरामा सवारी चाप बढ्दै गएपछि ट्राफिक बत्तिको टड्कारो आवश्यकता देखिएको छ । पोखराका मुख्य चोक चिप्लेढुङगा, महेन्द्रपुल, भीमसेनचोक र सिर्जना लगायतका ठाउँमा ट्राफिक बत्तिको आवश्यकता छ । सवारी दुर्घटना न्युनीकरणका लागि वि.स. २०५९ सालमा पोखरामा ट्राफिक बत्ति जडान गरिएको भएपनि करिव एक वर्ष मात्रै मुस्किलले ट्राफिक बत्ती सञ्चालनमा आएको थियो ।

एक बर्षको छोटो अवधिमा नै बत्तिमा प्राविधिक समस्याका आएका कारण नियमित हुन नसकेको ट्राफिकtraffic बत्ति पुन सञ्चालनका लागि बेला– बेलामा कुरा उठ्ने गरेपनि त्यो कुरामा मात्रै सिमित भएको छ । वि.सं. २०५९ सालमा पोखराको मुख्य चोक महेन्द्रपुल, चिप्लेढुङगा र सृजनाचोक ट्राफिक बत्ति जडान भएका थिए । ट्राफिक बत्ति नहुँदा पोखराको मुख्य चोकहरुमा ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको जिल्ला ट्राफिक कार्यालय कास्कीको भनाइ छ ।

तपाईको प्रतिक्रिया