वैज्ञानिक सम्मेलन काठमाडौंमा

काठमाडौं–चैत १६ । सातौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौमा आजदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान द्वारा आयोजित सम्मेलनमा दक्षिण एसियालीसहित विभिन्न १० मुलुकका वैज्ञानिकहरु सहभागी छन् । सम्मेलनमा करिब एक हजार जना वैज्ञानिक र प्राविधिकहरुको सहभागीता छ । तीन दिनसम्म चल्ने सम्मेलनमा ५६ वटा प्राविधिक सत्र सञ्चालन गरी ६ सय ८ वटा वैज्ञानिकरप्राविधिक कार्यपत्र प्रस्तुत गरिनेछ ।

Published On:  375पटक हेरिएको

तपाईको प्रतिक्रिया