पूर्ननिर्माण प्राधिकरणको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं– चैत १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ननिर्माण प्राधिकरणले आफूले गर्नुपर्ने काम गर्न नसकेको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ । काठमाडौंमा आज पूर्ननिर्माण सम्बन्धि गोष्ठिलाई सम्बोधन गदैृ प्रधानमन्त्री ओलीले पूर्ननिर्माण प्राधिकरणले कामको गति लिन नसकेको भन्दै असन्तोष व्यक्त गर्नुभएको हो ।

ओलीले  माघ २ गते उदघाटन गरिएको ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणको काम अहिलेसम्म कति भयो भनेर प्रश्न उठाउँदै पूर्ननिर्माण नभएकोप्रति चिन्ता समेत व्यक्त गर्नुभयो । उहाँले पुनर्निर्माणको प्रत्येक दिनको कामबारे जनतालाई जानकारी दिन प्राधिकरणका कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

Published On:  509पटक हेरिएको

तपाईको प्रतिक्रिया