चैत १५ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गरेरै छोड्ने अठोट ब्यक्त गर्नुभएको छ । राप्रपा नेपालले बुटवलमा आयोजना गरेको हिन्दुत्व जागरण बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले सनातन हिन्दु धर्म संस्कार विश्वमै उत्कृष्ठ भएकाले यसको संरक्षण, संबद्र्धन र बिकासका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको चर्चा गर्नुभयो । उहाँले बर्तमान संबिधानका केही अन्तरबस्तुमा परिवर्तन आवश्यक रहेको पनि बताउनु भयो । उपप्रधानमन्त्री थापाले आफ्नो धर्म संस्कृति र पहिचानको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो ।