काठमाडौ–चैत १५ । काठमाडौ उपत्यकामा आज ठूलो हावाहुरी चलेपछि जनजीवन प्रभावित भएको छ । अचानक चलेको हावापछि उडान प्रभावित भएका छन । सडकमा राखेका होर्डिङबोर्डहरु, साइन बोर्ड लगायत यत्रतत्र भएका छन । पश्चिमी वायुको प्रभावका कारण हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।