प्रदूषणको कारण तुवाँलो ढपक्कै

काठमाडौ–चैत १५ । केही दिन यता काठमाडौ उपत्यका सहित देशका अन्य विभिन्न ठाउँमा बायुमण्डलमा बढ्दै गएको प्रदूषणको कारण तुवाँलो लागिरहेको छ । अझ कतिपय ठाउँमा त तुवालो कारण दिउँसै अध्यारो भयो । कास्की, मनाङ, मुस्ताङ लगायतका केही जिल्लामा तुवालो tuwaloलागेका कारण दिउँसै अध्यारो भएको हो । मौसम पूर्वानुमान महाशाखाका काठमाडौंको वायुमण्डलमा पनि हावा सामान्य गतिमा भन्दा विस्तारै वहेकाले प्रदूषण बढेर तुवालो देखिएको हो ।महाशाखाका अनुसार बायुमण्डलमा रहेको प्रदूषण हट्न कि हावा बहनु पर्छ कि त पानी नै पनुपर्छ । मौसमविद् समीर श्रेष्ठका अनुसार वायु नचलेका कारण धूलो, धूवाँ र अन्य प्रदूषण एकै ठाउँमा रुमल्लिएर बसेका कारण धुवालो लागेको हो । बिहान–बेलुकी केही चिसो हुने र दिउँसोको समयमा घाम लाग्ने भए पनि हावा नचलेका कारण तुवाालो एकै ठाउँमा थुप्रिएर बसिरहेको मौसमविद्हरूको भनाइ छ । स्थानीय इटाभट्टा, कारखाना, अन्य औद्योगिक कलकारखाना र स्थानीयस्तरमा उत्पादन सवारीसाधन लगायतको प्रदूषण थपिएपछि तुवाालोको रूप लिएको हो । चैत लागेसँगै लागेको डढेलो पनि तुवाँलोको कारण हुन सक्ने मौसमविद्हरू बताउँछन् ।

तपाईको प्रतिक्रिया