नेपाल र मलेसियावीचको खेल बराबरीमा

चैत १५ । नेपाल फुटबल टोली र मलेसियाको २२ वर्ष मुनिका टोलीबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । टुएन्कु अब्दुल रहमान रंगशालामा नेपाल र मलेसियाबीच गएराति भएको मैत्रीपूर्ण खेल एक–एक गोलको बराबरीमा सकिएको हो । ग्युतुको कोजीको प्रशिक्षणमा रहेको नेपाली टिमले खेलको ३७ औं मिनेटमा भरत खवासको गोल मार्फत अग्रता बनाएको थियो । पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन नसक्दा नेपाली टिम मलेसियाको यु–२२ संग बराबरीमा रोकिन पुग्यो । घरेलु टिम मलेसियाले खेलको ८७औं मिनेटमा बराबरी गोल गरेको थियो ।

Published On:  335पटक हेरिएको

तपाईको प्रतिक्रिया