विस्केट जात्रा अगामी २७ गतेबाट

भक्तपुर–चैत १५ ।  भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य तौमढीमा सुरु भएको छ । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण सुरु गरिएको हो । रथको चक्कालगायतका धेरै काठ पुराना भए पनि यस वर्ष सबै काठ फेर्न नसकिने हुनाले अत्यावश्यक केही काठ फेर्ने र अरु पुरानै काठलाई बलियो गरेर मर्मत गरिने छ । लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा समेत रहेको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush