नर्वे नेपाली मञ्चको राष्ट्रिय अधिवेशन सम्पन्न

नर्वे । प्रवासी नेपाली मन्च, नर्वेको दोश्रो राष्ट्रिय महाधिबेशन राजधानी ओस्लोमा सम्पन्न भएको छ । नर्वेमा पढाई तथा काम शिलसिलामा रहँदै आएका नेपालीहरूको राष्ट्रिय महाधिवेशन भब्य रूपले सम्पन्न भएको हो । नेकपा एमालेकी केन्द्रीय सदस्य एबम् बिदेश बिभाग इन्चार्ज बिन्दा पाण्डेको प्रमुख आतिथ्यमा आयोजित समारोहमा गैह्र(आवासिय नेपाली संघ नर्वेका अध्यक्ष कुमार पन्डित र गैह्र(आवासिय नेपाली संघ इटालीका उपध्यक्ष हेमराज जोशी  अथितिको रूपमा रहनुभएको थियो । अधिबेसनले १३ सदस्यिय नयाँ कमिटी चयन गरेको छ । नयाँ कमिटिको अध्यक्षमा अमर सिंह र महासचिवमा विश्वाश बजगाइ निर्वा्चित भएका छन् । त्यसैगरी उपाध्यक्षमा ज्ञानेन्द्र ढकाल र सञ्जय ज्ञवाली, सचिवमा अर्जुन ढकाल र कोशध्यक्षमा इश्वर खत्री निर्वा्चित भएका छन् । सदस्यहरुमा केशवराज भुषाल, हेम जोशी, लोकेन्ऽ कार्की, पदम जोशी, प्रतिक्षा केसी, राजकुमार ढकाल र मान बहादुर घर्ती निर्वा्चित भएका छन् ।

तपाईको प्रतिक्रिया