चैत १४ । कृषिमन्त्री हरिबोल गजुरेलले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न सरकारले प्रयास जारी राखेको बताउनुभएको छ । रूपन्देहीको बुटवलमा आज क्रान्तिकारी पत्रकार संघ गरेको पत्रकार भेटघाटमा मन्त्री गजुरेलले कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि आगामी वर्षबाट बजेट बढाइने बताउनुभएको हो । उहाँले बजेटमा सुलभ कृषि कर्जा, कृषि बिमा, बाली बिमा, कृषकलाई पेन्सन, राहत, अनुदानलगायत सुबिधा समावेश गर्ने पनि प्रतिबद्धता जनाउनुभयो । मन्त्री गजुरेलले कृषि क्षेत्रको विकास र कृषकको संरक्षणका लागि विज्ञहरूबाट आएको सुझावहरू समेटेर कार्यनीति बनाइएको र कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी दिनुभएको थियो ।