इङ्ल्याण्ड टी–ट्वान्टीको सेमिफाइनलमा

 चैत १४ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा इङ्ल्याण्ड प्रवेश गरेको छ । गएराति दिल्लीको फिरोज साह कोट्ला मैदानमा भएको खेलमा साविक विजेता श्रीलंकालाई १० रनले हराएर इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । एक सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ६१ रन बनायो । श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले ५४ बलमा पांच छक्का र तीन चौकाको मद्दतमा ७३ रन बनाएर टिमलाई बलियो अवस्थामा पुर्‍याएपनि त्यो जितका लागि पर्याप्त भएन । इंग्ल्याण्डको जितले दक्षिण अफ्रिकाको अन्तिम चारमा पुग्ने गणितीय सम्भावना पनि सकिएको छ ।

Published On:  325पटक हेरिएको

तपाईको प्रतिक्रिया