एसएलसीमा ६ लाख १५ हजार ५ सय ५३ सहाभागी हुने

कठमाडौं–चैत १४ । आगामी चैत १८slc-girl गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी हुने भएका छन् । यसबर्षदेखि एस एलसीमा ग्रेडिङ स्टिम लागु गरिपछि परिक्षा दिने कुनैपनि विद्यार्थी अनउत्तिर्ण हुने छैन । यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८ सय ८१ र पुन: परीक्षातर्फ एक लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागी हुनेछन् । त्यसै, प्राविधिकतर्फ तीन हजार २ सय ५५ परीक्षार्थी सहभागि हुनेछन् । परिक्षा नियन्त्रण कार्यालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिदै छन् ।

तपाईको प्रतिक्रिया