वेष्ट इन्डिज आईसीसी टी–ट्वान्टीको सेमिफाइनलामा

चैत १३ । वेष्ट इन्डिज आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको विद्रभा क्रिकेट एसोसिएसन रंगशालामा गएराति भएको खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै वेष्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको हो । तीन खेल खेलेको वेष्ट इन्डिजले शतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डि कक्ले ४७ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । एक सय २३ रनको सामान्य लक्ष्य पछ्याउदै ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभर सकिन २ बल बाँकी छदा ७ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । वेष्ट इन्डिजका लागि मार्लोन सामुल्सले ४३ र जोनसन चाल्र्सले ३२ रन बनाएका थिए । प्रतियोगिताअन्तर्गत आज समूह एकको दोस्रो स्थानमा रहेको इंग्ल्याण्डले चौथो स्थानमा रहेको साविक विजेता श्रीलंकासंग प्रतिस्र्धा गर्दै छ ।

Published On:  375पटक हेरिएको

तपाईको प्रतिक्रिया