नेपाली फुटबल टोलीलाई विदाई

चैत १२ । मलेसियाको २२ वर्ष मुनिको टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने नेपाली फुटबल टोलीलाई बिदाइ गरिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ एन्फाले मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरेको हो । नेपालले मलेसियाको २२ वर्षमुनिको टोलीसँग आइतबार मैत्रीपूर्ण खेल खेल्दै छ । खेलाडीहरूलाई एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले खेलाडीलाई बिदाइ गरेका थिए ।

तपाईको प्रतिक्रिया