प्रधानमन्त्रीद्वारा चीनको सियान प्रान्तको भ्रमण

काठमाडौं–चैत १२ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको सान्सी प्रान्तको सियान भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले आज चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका उपाध्यक्ष झेङ सिआओपिन, महासचिव झाओ जेनयोङ, सियानका भाइस गभर्नर यु यिन लिङ लगायतसँग भेटवार्ता गर्नुभएको हो । सियानस्थित होटल सांग्रीलामा भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध र हितका साथै नेपालमा भूकम्पपछिको पुनर्निर्माणलगायतका विषयमा छलफल भएको थियो । चिनियाँ नेताहरुले भुकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगबारे पनि जानकारी गराएका थिए ।

Published On:  390पटक हेरिएको

तपाईको प्रतिक्रिया