सगरमाथालाई चीनको भूभागमा देखाइएको भन्दै आपत्ति

काठमाडौ–चैत १२ । सगरमाथा आरोही संघले विश्वको गौरव सगरमाथालाई चीनको भुभागमा देखाएको भन्दै आपत्ति प्रकट गरेको छ । गुगलले सर्वोच्च शिखर सगरमाथा नेपालको भुभागमा नपारी चीनको भुभागमा राखेर विश्व समुदायलाईनै सगरमाथाबारे गलत सूचना दिने प्रयास गरेकाले तत्कालै सच्याउन आरोही संघले आग्रह समेत गरेको छ । संघले एक विज्ञप्ति जारी गरी नेपालको पहिचान मेटाउने गरी सगरमाथालाई चीनमा देखाउने काम भएको बताएको हो ।

तपाईको प्रतिक्रिया