विश्व क्षयरोग दिवस मनाइयो

33333333333चैत ११ । विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । ‘टीबी रोक्न एकजुट हौं’ भन्ने नारासहित आज आज मार्च २४ देशभर विभिन्न संघ संस्थाले जनचेतनामूलक र्‍याली तथा कार्यक्रमहरू  यो दिवस मनाएका हुन् । क्षयरोग ‘माईको–ब्याक्टेरियम–ट्युबरक्लोसिस्’ नामक ब्याक्टेरियाका कारण लाग्ने रोग हो । क्षयरोगका कारण विश्वमा हरेक वर्ष १५ लाखको मृत्यु हुने गरेको छ भने ९० लाख नयाँ क्षयरोगी देखापर्ने गरेका छन् । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् भने ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन्  । नेपालमा हाल ८० हजार ५० क्षयरोगी भएको सरकारी तथ्यांक छ । नेपालमा वर्षेनी ५ देखि ७ हजार क्षयरोगीको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया