राजा ल्याउन लड्छौ

काठमाडौं–चैत ११ । शाही युवाशक्तिले राजतन्त्र पुनस्र्थापनाको लागि आवश्यक परे जस्तोसुकै कदम चाल्ने चेतावनी दिएको छ । शाही युवा शक्तिले आज पत्रकार सम्मेलन गरी गणतन्त्रकै कारण देशमा विभिन्न समस्या आइपरेको भन्दै राजतन्त्र स्थापना नै एकमात्र विकल्प भएको बताएको हो । आफुहरुको आन्दोलनप्रति प्रमुख दलहरुले चासो नदिए हतियार उठाउन बाध्य हुने शक्तिका अध्यक्ष पशुपति खड्काले चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया