साझा यातायातले थप ३० बस थप्ने

काठमाडौं–चैत ११ । साझा यातायातले काठमाडौं उपत्यकामा अपांगमैत्री र युरो ३ गुणस्तरयुक्त थप ३० वटा बस थप्ने भएको छ । नयाँ बसहरुमा काठमाडौं महानगरपालिकाको १० करोडको सेयर लगानी रहने छ  । ति बसहरुको खरिदबारे बिहीबार साझा यातासात र भारती123य कम्पनीसँग सम्झौता भइसकेको छ ।

 ४० सिट क्षमताको बसमा २५ वटा ह्यांगर पनि राखिने छ । बसमा मनोरञ्जनका लागि टिभी जडान गरिनेछ भने सुरक्षाका लागि सीसी क्यामारा पनि जोडिनेछ । यी बस भित्रिएपछि साझाको बस काठमाडौंमा साझा बसको संख्या ४६ पुग्नेछ ।

तपाईको प्रतिक्रिया