चैत १० । मित्रराष्ट्र चीनको भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङ्ग स्थित तियानमेन स्क्वायरमा राखिएको जनबादी गणतन्त्रका अध्यक्ष माओत्सेतुङ्गको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । यसअघि प्रधानमन्त्री ओलीले स्क्वायरमा रहेको चिनिया वीर शहिदहरुको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाउनु भएको थियो । ।