रसुवा–चैत १० । रसुवामा ठूलो हावाहुरी चलेपछि रसुवास्थित भूकम्प पीडितहरुको अधिकांश अस्थायी टहरा उडाएको छ । हिजो साँझदेखि चलेको हावाहुरी आज बिहान झनै तिब्र गतिका साथ आएपछि भूकम्प पीडितका अधिकांश अस्थायी टहराहरु उडाएको हो । हावाहुरीले रसुवाको उत्तरी क्षेत्रमा पर्ने हाकु, धुन्चे, स्याफ्रुबेंशी, गोल्जुुङ, गत्लाङ लगायतका गाविसका भूकम्प पीडितहरुको अस्थायी टहराको जस्ता उडाउंदा पीडितहरु बिचल्लीमा परेका छन् । हावाहुरीले टेन्टमा सञ्चालित सरकारी कार्यलयका कागजपत्र समेत उडाएको छ ।