बाल विवाह सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरू

काठमाडौ–चैत १० । आजदेखि बाल विवाह रोकथामसम्बन्धी दक्षिण एसियाली मुलुकका सांसदहरूको भेला काठमाडौंमा सुरु भएको छ । दुई दिन चल्ने सांसदहरूको भेलामा बालविवाहको अवस्था, बालविवाह रोक्न अपनाउनुपर्ने उपायलगायत विषयमा छलफल हुनेछ । भेलाले बालविवाह रोकथामसम्बन्धी काठमाडौं घोषणा पत्रसमेत जारी गर्नेछ । भेलामा १४ मुलुकका सांसदहरूको सहभागिता छ ।

तपाईको प्रतिक्रिया