मन्त्री क्वाटरमा खस्यो ड्रोन क्यामेरा, अनुसन्धान जारी

काठमाडौं–९ चैत । स्वास्थ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित क्वाटरमा मंगलबार साँझ ड्रोन क्यामेरा खसेको छ । उड्दै आएको ड्रोन क्यामेरा रुखमा ठोक्किएर साँझ मन्त्री क्वाटर अगाडि खसेको बताइएको छ ।drone-camera

अहिले ड्रोन क्यामेरालाई ललितपुर प्रहरीले आफ्नो नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको छ । मन्त्री क्वाटरको तस्वीर र भिडियो खिच्न ड्रोन क्यामेरा उडाएको हुन सक्ने आशंका प्रहरीको भएपनि तथ्यसम्म पुग्न सकेको छैन् । घटना थाहा पाएपछि गृहमन्त्री शक्ति बस्नेत आफैं स्वास्थ्यमन्त्री चौधरीको क्वाटरमा पुगेर घटनाबारे आवश्यक अनुसन्धान गर्न निर्देशन दिएका थिए । अनुमति विना ड्रोन क्यामेरा उडाउन पाइँदैन । यसअघि नेपाली सेनाको मुख्यालयमा ड्रोन क्यामेरा उडाएको अभियोगमा दुई चिनियाँ पत्रकार पक्राउ परेर पछि रिहा गरिएका थिए ।

Published On:  563पटक हेरिएको

तपाईको प्रतिक्रिया