विगतका बर्ष भन्दा सुरक्षित र मर्यादित भयो होली : प्रहरी

काठमाडौं, ९ चैत । अघिल्लो वर्षको तुलनामा यो बर्षको होली सुरक्षित र मर्यादित देखिएको प्रहरीले जनाएको छ । छतमा बसेर लोला हान्नेहरु निकै कम देखिएको र विगतको तुलनामा विकृती निकै कम भएको प्रहरी दाबी छ । रातिमा मादकपदार्थ सेवन गरेर सवारी चलाउने तथा गलत गतिविधि गर्ने समूह सक्रिय हुनसक्ने भन्दै प्रहरीले दिउँसोको तुलनामा बढी निगरानी बढाएको पनि जनाएको छ । imagesअघिल्लो बर्ष उपत्यकामा होली खेल्ने क्रममा ३ जनाको छतबाट लडेर मृत्यु भएको थियो भने करिब ९ वटा ठूला सवारी दुर्घटनाहरु भएका थिए । तर यो बर्ष मानविय क्षति हुने गरि ठूला दुर्घटना नहुनुलाई होलीको सकारात्मक पक्ष मानेको छ, प्रहरीले । र पनि काठमाडौंमा झण्डै डेढ सय सर्वसाधारण पक्राउ परेका छन् । होलीको नाममा जबरजस्ति लोला हान्ने, मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, मोटरसाइकलमा तीनजना चढेर हिंड्ने तथा एकआपसमा विवाद गर्न खोज्नेहरुलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, ललितपुरमा १ जना बढी पक्राउ परेका छन भने १०७ वटा सवारी साधनहरु नियन्त्रणमा छन । पक्राउ पर्नेको प्रक्रिति काठमाडौं र ललितपुरमा उस्तै छ । भक्तपुरको होली पनि विगतको बर्ष भन्दा सौहार्दपुर्ण र रमाइलो भएको प्रहरी तथ्यांकले देखाएको छ । काठमाडौं र ललितपुर जस्तै भक्तपुरमा पनि कुनै अप्रिय दुर्घटना भएनन । भक्त पुरमा होहल्ला गर्ने सवारी नियम उल्लंघन गरेर सवारी चलाउने २९ जना पक्राउ परेका छन् । केहि समूहले युवतीहरुमाथि जबरजस्ति लोला हान्ने तथा बाटोमा हिँडेकाहरुलाई असर पार्ने गतिविधि गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार उपत्यकामा १४ सय ३२ सवारी साधनहरु ट्राफिक कार्वाहीमा परेका छन् । काठमाडौंमा ११ सय ५५, ललितपुरमा २२७ र भक्तपुरमा ५० वटा सवारी साधनहरु कारबाहीमा परेका छन् ।  कारबाहीको दायरमा आउनेमा अधिकांश लाइसेन्स नबोकी सवारी चलाउनेहरु छन् भने केही मापसे गरेर चलाउनेहरु पनि छन् । हेल्मेट नलगाउनेदेखि लापरबाही गरेर चलाउनेहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । उपत्यकाका  ५३ स्थानमा चेकप्वाइन्ट राखेर विशेष चेकजाँच गरेको प्रहरीले जनपथ गस्ती बढाएको थियो ।

तपाईको प्रतिक्रिया