नेपालसँग दीर्घकालीन सम्बन्ध चाहन्छौ : चिनियाँ राष्ट्रपति

चैत ९ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँग दीर्घकालीन रणनीतिक सम्बन्ध विकास गर्न चीनले चाहेको बताउनुभएको छ । सोमबार बेइजिङमा दुई देशबीच दश बुँदे सम्झौता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसाग भएको भेटवार्तामा राष्ट्रपति सी जिनपिङले नेपालसँग विशेष सम्बन्ध स्थापना गर्न चाहेको बताउनुभएको हो । यसअघिका उच्च भेटवार्तामा चिनियाँ नेताले नेपालसाग कम्प्रिहेन्सिभ सम्बन्ध रहेको बताउँदै आएका थिए ।

Published On:  442पटक हेरिएको

तपाईको प्रतिक्रिया