कांग्रेस पनि सरकारमा आउँछ : नेपाल

 चैत्र ९ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस पनि छिट्टै सरकारमा आउने दावि गर्नुभएको छ । प्रेस चौतारी नेपाल सल्यान शाखाले आज बिहान सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल हुने बताउनुभयो । नेपालले संविधान कार्यान्वयनका लागि भएपनि ठूलादहरू एक हुनुपर्ने भएकाले कांग्रेस पनि सरकारमा आउनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल रहेको दाबी गर्दै चीन भ्रमण पनि उपलब्धिपूर्ण सोचेजस्तै उपलब्धि मुलक हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया