काठमाडौं–चैत, ८ । प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमणका क्रममा गरिएको १० बुँदे सम्झौतालाई विज्ञहरूले ऐतिहासिक उपलब्धि भएको बताएका छन् । काठमाडौंमा आज भएको कार्यक्रममा विज्ञहरूले चीनसँग भएको पारवहन, व्यापारिकलगायत १० बुँदे सम्झौता ऐतिहासिक भएको दाबी गरेका हुन् । कार्यक्रममा अर्थविद् विश्वम्भर प्याकुरेलले सम्झौता कार्यान्वयन हुने नहुने नेपालको क्षमतामा भर पर्ने बताउनुभयो । त्यस्तै, कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले सम्झौता नेपालको हित गर्ने खालको भएपनि दुवै मुलुकले सम्झौता पछिको दायित्व निर्वाह गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।