पूर्ननिर्माण प्राधिकरणको विजोग, सिइओ ज्ञवालीको फुर्ति मात्रै

काठमाडौं–चैत,९ । के के गर्छु भन्दै सिइओमा आएका शुसिल ज्ञवालीको नेतृत्वमा रहेको पूर्ननिर्माण प्राधिकरण हालत आफैलाई पूर्ननिर्माण गर्नुपर्ने छ । पूर्ननिर्माण प्राधिकरणमा सिइओ नियुक्ति भएको महिनौ भएपनि प्राधिकरणले कुनैपनि सम्झन लायकका काम गरेको छैन । अझ पूर्ननिर्माण प्राधिकरण आफैमा कर्मचारीविहीन हुने अवस्थामा छ । कर्मचारी आकर्षित गर्न भन्दै पूर्ननिर्माण प्राधिकरणमा काम गर्नेलाई शत प्रतिशत भत्ताको व्यवस्था गरे कर्मचारी त्यहाँ जान मानेका छैनन् । सामान्य प्रशासन मन्त्रालयले प्राधिकरणका लागि भन्दै सरूवा गरेका चार जना सह सचिव हाजिर नै नभई अन्तै सरूवा भइसकेका छन् । केही कर्मचारीले हाजिर भएर केही समय काम गरे पनि उनीहरू समेत अन्य निकायमा जाने तयारी गरिरहेका छन् सकभर प्राधिकरणमा आउने नमान्ने आएपनि सुरूवा माग्दै हिड्ने प्रवृत्तिका कारण पूर्ननिर्माण प्राधिकरणको विजोग भएको छ ।

तपाईको प्रतिक्रिया