लोक गायक सुरजको आचार्यको आमा एल्बम् बजारमा

चैत । लोक गायक सुरजको आचार्यको  आमा एल्बम बजारमा आएको छ । विगत केही बर्षदेखि लोक साँगितिक क्षेत्रमा क्रियाशिल तथा संघर्षरत गायक सुरज आचार्यको अघिल्ला केही गीतको सफलता पछि आमा गीत बजारमा आएको हो । गीतमा जन्म 1234दिने आमा प्रति सम्मान भाव राख्ने शब्दहरु समेटिएको छ । ‘‘दश धारा आमाको दुधको मुल्य सायदै केहि संग तुलना गर्न सकिन्न । आमाको सन्तान प्रतिको माया अनि बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न सक्ने त्याग र दुख वीचको आमाको मायाको भावलाई भिडियोले उठान गर्छ” कलाकार आचार्यले जानकारी दिए । सुरज आचार्यको शब्द, स्वर र करण तामाङ्गको लयमा रहेको गीतमा लामो समय देखि रंग क्षेत्रमा स्थापित ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएकी रंगकलाकर मिश्री थापा संगै सुरज आचार्य र मिलन भुजेलको समेत अभिनय उक्त भिडियोमा रहेको छ । गीत काठ्माण्डौका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गीत अभय सापकोटाको निर्देशन र रेशम अधिकारीको छायांकन रहेको छ भने जनता डिजिटलले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया