काठमाडौं–चैत,८ । नेपाल र चीनवीच भएको १० बुदेँ सम्झौता अनुसार पोखरा विमानस्थल बन्ने भएको छ । पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण सम्झौतामा हस्ताक्षर भएपछि पोखरा विमानस्थल काम अगाडि बढ्ने भएको हो । सम्झौता अनुसार विमानस्थल निर्माणका लागि चीनले नेपाललाई ३१ अर्ब दिनेछ । यसको २५ प्रतिशतमा ब्याज लाग्ने छैन भने बाँकीमा २ प्रतिशत ब्याज लाग्नेछ ।