बाडीचुँडी खान मात्र सत्तामा जान्नौ : देउवा

काठमाडौं–चैत,८ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाडीचुँडी खानका लागि मात्र बन्ने सहमतीय सरकारको औचित्य नरहेको बताउनु भएको छ । काठमाडौंमा आइतबार गिरिजाप्रसाद अध्ययन केन्द्रले गरेको कार्यक्रममा सभापति देउवाले संविधान कार्यान्वनका लागि ठूला दलबीच एकता हुनु आवश्यक भएपनि सत्ता भागबण्डा गर्नमात्र सहमतीय सरकारको विलौना गर्नु औचित्य नभएको बताउनुभएको हो । देउवाले संविधान कार्यान्वयन जटिल विषय भएकाले सबै दलहरू संविधान कार्यान्वयनका सवालमा एक ढिक्का हुनपर्ने बताउनुभयो । सभापति देउवाले तत्काल मधेशको मागलाई सम्बोधन गर्नुपर्ने बताउँदै मधेशको माग सम्बोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने दाबी गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले देशको जटिल परिस्थितिमा ठूला दलहरू एउटै खेमामा उभिनुपर्ने बताउनुभयो ।

Published On:  467पटक हेरिएको

तपाईको प्रतिक्रिया