दुई दिनमा दुई बालक अपहरण, एकको हत्या

धनुषा–चैत,७ । जनकपुरमा चार दिनभित्र दुई बालकको अपहरण र एक जनाको हत्या भएको छ । अपहरित दुई जनामध्ये एक बालकको हत्या भएको छ भने अर्का एक जनाबारे प्रहरी नै अनभिज्ञ छ । शनिबार बिहान जनकपुर उपमहानगरपालिका वडा नम्बर २६ का असलम राईनका ५ वर्षीय छोरा अशरफ राईनको हत्या भएको हो । अशरफ अपहरणमा परेको हुन सक्ने भन्दै परिवारले शनिबारै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको थियो ।  प्रहरीले घटनाको टिपोट गर्दै सामान्य रूपमा लिएर परिवारजनलाई घर फर्किन लगाएको थियो । तर, भोलिपल्ट आज बिहान आफ्नै घर छेउको गहुँ खेतमा हत्या गरिएको अवस्थामा अशरफको शव भेटिएको हो ।

Published On:  435पटक हेरिएको

तपाईको प्रतिक्रिया