फास्टट्राक स्वदेशी लगानीमै बनाउन निर्देशन

काठमाडौं–चैत, ७ । अर्थ समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र हटौंडा–काठमाडौं फास्टट्राक स्वदेशी लगानीमा नै बनाउन निर्देशन दिएको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकले दुवै विमानस्थल स्वदेशी लगानीमै बनाउन सरकारलाई निर्देशन दिएको हो । सरकारको तर्फबाट पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले ति आयोजना सम्पन्न गर्नका लागि स्वदेशी लगानीबाटै सम्भव हुने कुरा बैठकमा राखेपछि सोही प्रस्तावलाई अन्य सदस्यले पनि समर्थन जनाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया