प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

काठमाडौं–चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने भ्रमणका लागि छिमेकी चीन प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली आइतबार उत्तरी छिमेकी राष्ट्र चीनतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण पहिले इन्धन सम्झौता हुने भनिएपनि त्यसको कुनै गृहकार्य हुनkp 2 नसक्दा भ्रमण खास एजेण्डाविहीन बनेको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल ओलीको भ्रमण टोलीमा रहेका छन् । ओलीको भ्रमण दलमा ५६ जना सदस्य रहेका छन् ।

Published On:  464पटक हेरिएको

तपाईको प्रतिक्रिया