चितवन मेडिकल कलेजका ३० मजदूर पक्राउमा

चितवन–चैत,७ । चितवन मेडिकल कलेजमा कार्य गर्दै  ३० मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदूर संघमा आबद्ध मजदुरहरुलाई प्रहरीले आज विहान नियन्त्रणमा लिएको हो । आन्दोलनकर्ताहरूले तलब बढाउन र स्थायी गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए । आन्दोलनरत मजदूरहरुले आइतबार अस्पतालको बहिरङ सेवा बन्द गराउन खोजेपछि प्रहरीले हस्तक्षेप गरी ३० जनालाई प्रहरीको नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया