बेलायती राजकुमार ह्यारी काठमाडौं आइपुगे

काठमाडौं–चैत, ६ । बेलायती राजकुमार ह्यारी पाँच दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका छन् । उनी अपरान्ह कतार एयरवेजको विमानबाट काठमाडौं आइपुगेका हुन् । ह्रारीको स्वागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानीयविकास राज्यमन्त्री कुन्तीकुमारी जानुभएको थियो । पाँच दिने नेपाल बसाइका क्रममा ह्रारीले राजनीतिक भेटघाट, विभिन्न ठाउँको अवलोकन र कार्यक्रमहरूमा सहभागि हुने तय भएको छ ।

तपाईको प्रतिक्रिया