एजेन्सी–चैत,६ । दुबइबाट रुसका लागि उडेको फलाई दुवैको विमान दुर्घटनामा हुँदा विमानमा सवार ६१ जनाको मृत्यु भएको छ । बीबीसीले जनाए अनुसार विमानमा ५५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । दुबईबाट रुसका लागि उडान भरेको बोइङ ७ सय ३८ विमान रोस्तोफ अन दोन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको थियो ।