चैत,५ । स्वास्थ्य मन्त्रालयले ९ पदमा ५ सय ७९ जना स्वास्थ्यकर्मी को लागि आवेदन माग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराबाट करार सेवामा राख्ने गर्ने गरी नर्स, अनमी, हेल्थ एसिस्टेन्ट, अहेब, ल्याब असिस्टेन्ट, रेडियोग्राफर लगायतका पदमा आवेदन खुला गरिएको हो । अनमी २ सय ४० जनाका लागि आवेदन खुलेको छ भने १ सय ८० जना हेल्थ असिस्टेन्ट र १ सय ४० जना अहेब माग गरिएको छ । विज्ञापन अनुसार सबै परीक्षार्थीको छनौट अन्तर्वार्ताबाटै हुनेछ ।