ल्हारक्याल लामालाई थप अनुसन्धानका लागि तीन दिन थप

काठमाडौं–चैत,५ बैंकको लकरमा गोली भेटिएपछि आइतबार पक्राउ परेका एमाओवादी सांसद ल्हारक्याल लामामाथिको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३ दिनको समय थप गरेको छ । यसअघि अनुसन्धानको लागि दिइएको ५ दिने म्याद सकिएपछि आज फेरी उनलाई प्रशासनमा उपस्थित गराइएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको दरबारमार्ग स्थित शाखामा रहेको लामाको ४ सय १४ नम्बरको लकरमा गोली भेटिएपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।

तपाईको प्रतिक्रिया