नेपाल,भारत र चीनको सम्बन्धमा आँच आउने सम्झौता हुन्न : प्रधानमन्त्री

काठमाडौं–चैत,५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा नेपाल, चीन र भारतवीचको सम्बधनमा आँच आउने कुनै सहमति नहुने बताउनुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज भएको बैठकमा प्रधानमन्त्री ओलीले एक देशविरुद्ध अर्को देशलाई कार्डको रुपमा प्रयोग गर्ने नीतिमा आफू नहरको बताउनुभयो । ओलीले भारतले नाकाबन्दी गरेका कारण चीनसँगको सम्बन्धलाई मात्र प्राथामिकता दिने आइरहेका हल्लाको खण्डन गर्दै ओलीले दुर्व देशसँग समान्तर सम्बन्ध राख्नुपर्ने बताउनुभयो । उहाँले चीनलाई विकास साझेदारको रूपमा लिएर व्यापार बढाउनका  लागि तातोपानी नाका सुचारु गर्न, रसुवागढी नाकाको सडक फराकिलो पार्न र किमाथांकाको सडक दुई लिनको बनाउने विषयमा चिनियाँ पक्षसँग छलफल गर्ने बताउनुभयो ।

Published On:  524पटक हेरिएको

तपाईको प्रतिक्रिया