पार्किङ व्यवस्थापनमा चुक्यो महानगर

काठमाडौं–चैत,४ । काठमाडौ महानगरपालिकाले २०७० पुष १२ गते काठमाडौंका २० स्थानका ७३ ठाउँमा पार्किङ निशुल्क गर्‍यो । पार्किङ शुल्क हटाउने महानगरको निर्णयले सर्वसाधरणलाई थोरै भएपनि राहत दिएको छ । पार्किङ निशुल्क भएपछि सर्वसाधारण खुशी छन् । पार्किङ निशुल्क भएसँगै पार्किङ नाममा सर्वसाधारणलाई ठग्दै आएका ठकेदारहरु पाखा लागेपनि पार्किङ व्यवस्थापन जटिल समस्या बन्दै गएको छparikinf यतिबेला । मुख्यत पार्किङ गर्ने ठाउँहरु साँघुरा भएका कारणले समस्या निम्ताएको हो । त्यसो त पहिले पार्किङ शुल्क लिनेबेला मोटरसाइकल मिलाउने काम शुल्क लिनेहरुले गरिदिन्थे । तर अहिले पार्किङ मिलाउनेहरुको र ठाउँको अभावले गर्दा पार्किङमा समस्या निम्ताएको छ । पार्किङ निशुल्क भएसँगै काठमाडौं महानगरपालिकाले एक लाइनमा मात्र पार्किङ गर्न पाइने नियम बनाएको छ । त्यसैले पनि न्यूरोड, सुन्धारालगायतका अति व्यस्त क्षेत्रमा पार्किङका लागि पर्याप्त ठाउँ नहुँदा केही समस्या आएको कामपाको भनाइ छ । काठमाडौमा महानगरले विगतमा पार्किङको जिम्मा दिएका क्लव, विभिन्न संघ संस्थाले यी क्षेत्रका सडकका तीन लेनसम्म पार्किङ गर्थे । तर, अहिले महानगरले १ लेन मात्र पार्किङका लागि छुट्याएको छ । शुल्क लिएर पाकिङ व्यवस्थापन गर्नेहरुले धेरै सडक ढाकिने गरी गाडी अथवा मोटरसाइकल राख्थे । तर अहिले १ लाइनमा मात्र पार्किङ भनिए पनि व्यवस्थापन गर्ने मानिस नहुदा मनपरी भएको सर्वसाधरणको गुनासो छ । महानगरले पार्किङ व्यवस्थापन गर्न खटाएका थोरै कर्मचारीेले यो समस्या पार लगाउने देखिन्न । त्यसैले यो समस्या समाधान गर्न महानगरपालिकाले पहल कदम चाल्नुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया