स्ववियु चुनाव गराउन विद्यार्थीको माग

काठमाडौ–चैत,४ । विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव यथाशीघ्र गराउन माग गरेका छन् । १३ विद्यार्थी संगठनको काठमाडौंमा आज बसेको बैठकले लामो समयसम्म स्ववियु चुनाव नहुँदा विद्यार्थीले विभिन्न किसिमका समस्या भोग्दै आएको भन्दै तत्काल चुनाव गराउन त्रिभुवन विश्वविद्यालयसँग माग गरेका हुन् । त्यस्तै, बैठकले निजि विद्यालयहरूले मनपरि शुल्क लिएको र विधार्थी संगठनसँग सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Published On:  447पटक हेरिएको

तपाईको प्रतिक्रिया