समाजको सकारात्मक रूपान्तरणका लागि प्रशंसनीय खोज

 रामचन्द्र लामिछाने-चैत, ३ । प्रशंसनीय खोजविधि  भनेको कुनै पनि व्यक्ति, संघ संस्था वा समुदायमा रहेका जीवदायी वा प्रेरणादायी उर्जाहरुको प्रकृयागत ढंगवाट खोज गरी ती जीवन दायी उर्जाहरुको वढाउने कारणहरुको खोजी गर्ने विधी हो । प्रोफेशर डेविड कुपरराइडरका अनुसार “मानव प्रणालीको त्यही कुरा बढ्दछ जुन कुराका बारेमा दृढतापूर्वक प्रश्नहरु सोधिन्छन् र यो प्रवृत्ति तब सर्वाधिक शक्तिशाली र दिगो रहन्छ, जब खोज तथा अध्ययनका साधन र साध्य सकारात्मक रुपले एक अर्कासाग सम्बद्ध हुन्छन् । यदि कुनै समूहको लक्ष्य (१) मानवचेतनालाई मुक्त पार्नु, (२) साझा आधार मात्र नभै उच्च आधार निर्माण गर्नु, र (३) चेतनापूर्वक राम्रो भविष्यको निर्माण गर्नु हो भने, यसले गर्न सक्ने एकमात्र सबैभन्दा बढी फलदायक कुरा सकारात्मक परिवर्तन केन्द्रलाई सबैका लागि उपयोगी र सुनिश्चित गहना बनाउनु हो । आमूल परिवर्तनकारी पक्षको शुरुवात यही बाट हुन्छ भन्ने कुरा प्रशंसनीय खोजको अन्तर्निहित धारणा हो ” । यस विधिमा सफलताका कारणहरु र ती कारणहरु वढाउन सकिने उपायहरुको वारेमा खोजी गरिन्छ । कुनै पनि समाज वा संस्थाको अग्रगामी रुपान्तरणको लागि त्यस समाजका सदस्यहरुको उत्साह र उमंगमा भर पर्दछ । यदि समुदायका सदस्यहरु उत्साहीत र भविष्य प्रति आशावादी छन भने त्यहाा सहकार्य, सदभाव र सहमती संभव हुन्छ र चमत्कारीक रुपमा सकारात्मक रुपान्तरण हुन्छ तर यसको ठीक विपरीत यदि नैराश्य, नकारात्मक र निरुत्साहीत छन भने त्यहाा दोषारोपण, द्धन्द्ध र मनमुटाव हुन्छ र टकरावको स्थिती उत्पन्न हुन्छ र रुपान्तरण संभव हुदैन । त्यसकारण प्रशंसनीय खोज पद्धतीले उत्साहको कारण खोज्दछ, मानिसलाइ उसको व्यक्तित्व, परिवार, सस्था र समाज प्रति प्रतिवद्ध वनाउदछ जसले गर्दा सकारात्मक परिणामहरु प्राप्त हुन्छन् । यस विधीले यथास्थिती र पछौटेपनलाइ चुनौती दिन्छ । यस प्रकृयामा समाहीत भएपछि व्यक्तिले थाहै नपाइ सकारात्मक योगदान दिन थाल्दछ । यस विधीलाइ प्रोफेसर डेविड कुपर राइडरले सन १९८८मा अमेरीकाको केश वेस्टर्न विश्वविद्यालयमा प्रमाणित गरेका हुन् ।

विकसित देशहरुमा यो पद्धती व्यापार व्यवसाय, योजना तर्जुमा, कार्यान्वयन, मुल्यााकन, शिक्षण तथा व्यवस्थापनमा प्रयोग भइरहेको छ भने नेपालमा पनि कतिपय सरकारी तथा गैर सरकारी संस्थाहरुले यसलाइ प्रयोगमा ल्याएको भए पनि यस विधीको प्रयोग निकै कम मात्रामा भएको छ । नेपालमा विशेषत: कर्मचारीहरुलाइ उत्प्रेरीत गर्न तालिमहरु दिने गरिएको भए पनि यही पद्धतीमा आधारीत रहेर परियोजना निर्माण गर्ने र कार्यान्वयन गर्ने प्रकृयाको शुरुवात भने भइसकेको छैन भने निजी क्षेत्रमा यसको प्रयोग निकै कम मात्रामा भएको छ ।
प्रशंसनीय खोज विधीले मानिसको सोच्ने तरीकमानै आमुल सकारात्मक रुपान्तरण ल्याएर नयाा जिवन शैलीको निर्माण गर्दछ । यसले व्यक्तिको सोच्ने दायरालाइ नै फराकीलो वनाइदिन्छ र व्यक्तिलाइ आफुलाइ आवश्यक पर्ने नयाा विचारको आविष्कार गर्ने क्षमताको प्रष्फुटन गराइदिन्छ । यसले एक अर्काका अस्तित्वलाइ स्विकार गरेर सहकार्य गर्न सक्ने क्षमताको विकास गराइदिन्छ । यसले व्यक्तिको निजि जीवन पद्धती, परिवार, संस्था, समाज र सिंगो देशलाइ नै नयाा जीवन दिन सक्दछ । यस पद्धतीले मानिसहरुले सपनामा पनि नचिताएको सकारात्मक रुपान्तरणलाइ सहज तवरले प्राप्त गराउन मद्धत गर्दछ । मुख्यत यस विधिले निराशामा जीवन गुजारी रहेका अव केही पनि हुदैन भन्ने मानसीकताले ग्रसीत व्यक्तिहरुमा नयाा सोच उत्साह र जागरको निर्माण गरी दिन्छ । राजनीतिक पार्टीहरु, सबै प्रकारका संस्थाहरु विद्यालय, कलेज, सहकारी, वैक, अस्पताल, गैसस आदीहरुमा अन्तरनिहित क्षमताहरुको प्रष्फुटन गराइ असाधारण परिणाम प्राप्त गर्ने दिशा निर्देश गराउदछ । संस्थाहरुमा सहकार्य र सकारात्मक वातावरणको निर्माण गराउदछ । सस्थामा कार्यरत कर्मचारीहरु तथा सदस्यहरुमा नयाा जोस, जागर, उत्साह र उमंग जगाउदछ । नयाा र समृद्ध भविष्य प्रति दृढ र विश्वस्त वनाउदछ र संस्थालाइ आवश्यक पर्ने विधीहरुको आविष्कार गराउदछ । नेपाल जस्तो हर क्षेत्रमा निरासा र आलोचनामा रुपमलीएको देशमा यस विधी अनुसार व्यवस्थापन, योजना तर्जुमा, तथा कार्यान्वयन गर्न सकेमा नेपाली समाजको चमत्कारीक रुपमा सकारात्मक रुपान्तरण हुने कुरा निश्चित छ । देशको शिक्षा क्षेत्र तथा व्यापार क्षेत्रमा व्याप्त रहेको निराशाजनक अवस्थमा आमुल रुपान्तरण गरी सकारात्मक परिणाम प्राप्त गर्न यस विधीले जादु सरह काम गर्न सक्दछ भने राजनीतीमा हावीरहेको एक अर्कालाइ निषेध गर्ने प्रचलनलाइ अन्त गरी सहकार्य र सहमतीको संस्कार वसाल्न यस प्रशंसनीय खोज विधीले चमत्कारीक योगदान दिन सक्दछ ।
नेपालमा प्रशंसनीय खोजलाइ कतिपय विद्धवानहरुले सकारात्मक सोचको शाखाको रुपमा वुझ्ने गरेको पाइन्छ तर यो त्यो भन्दा भिन्न हो । यो व्यवस्थापन विज्ञानको एउटा स्थापीत र जुर्मराउदो विधी हो । यसले व्यक्तिलाइ उसको परिवार, सस्था र समाज प्रति सकारात्मक र प्रविद्ध वनाउदछ । परिकल्पना नेपालले समय समयमा राष्टिय तथा अन्तराष्टिय सम्मेलनहरुको आयोजना गरेर यस विधीमा भएका नयाा नयाा विकास र विस्तारको वारेमा यस विधीका अनुसन्धानकर्ता, सहजकर्ता र प्रयोगकर्ताहरुलाइ सुसुचित गराउदै आइरहेको छ । प्रशंसनीय खोजको इतिहासमा नै पहिलोपटक प्रशंसनीय खोजको चौथो विश्व सम्मेलन अमेरीका भन्दा वाहीर नेपालमा आयोजना गरिएको थियो । परिकल्पना नेपाल प्रशंसनीय खोज विधीका अनुसन्धान कर्ता, सहजकर्ता तथा प्रयोगकर्ताहरुको साझा स्वतन्त्र सस्था हो । यसले प्रशंसनीय खोज विधी वृद्धि तथा विकासका लागि विभिन्न अन्तराष्टिय अनुसन्धानकर्ताहरुको समुदायसाग पनि सहकार्य गर्दछ ।

यस विधीलाई व्यवहाहरमा प्रयोग र्गन ४ डी साइकलको प्रयोगवाट गर्ने गरीन्छ । यस अन्र्तरगत डिस्कोभरी, ड्रिम, डिजाईन र डेस्टीनी । डिस्कोभरी अन्तरगत व्यक्ती वा संघ सस्थामा कार्यरत व्यक्तीहरुको सकारात्मक योगदान, सफलता, सफलताका कारणहरु, र ती सफलताकारण प्राप्त भएका सफलताहरुको लेखाजोखा गरिन्छ र अझ सबै संभावनाहरुको प्रचुर मात्रामा प्रस्फुटन गरिएको भए के कस्ता सकारात्मक परिणामहरु प्राप्त हुन सक्थे होलान सो सबैको लेखाजोखा गरिन्छ । यसै सवल पक्षहरुको लेखाजोखाको आधारमा रहेर आगामी दिनमा आफुले प्राप्त गर्न चाहेको सफला र सकारात्मक परिणामहरुको लेखाजोखा गरेर दूर दृष्टि वा भनौ सपना तयार गरिन्छ । सामाजीक संरचना सिद्धान्त मुताविक सबै नयाा सामाजीक वास्तवीकताहरु मानव समुदायले नै निर्माण गरेका हुन  र सबै संरचनाहरु परिवर्तनशिल हुन्छन भने मानिस मात्रमा अन्तरनिहित परिकल्पनाशिलताको क्षमताले नयाा भविष्यको निर्माणको आधारशिला तयार र्गदछ । त्यसकारण नयाा भविष्यको वर्तमानमा गरिने परिकल्पनाले नै नयाा र उत्साहीत भविष्यको आधार तयार गर्दछ । त्यसैगरी संरचना वा डिजाइनको अवस्थामा आफुले वनाउन चाहेको भविष्य निर्माण र्गनका लागि के कस्ता संरचनाको आवश्यकता पर्दछ ती संरचनाको आधारमा सबैको सहभागीतामा सर्वमान्य हुने गरी नयाा संरचना वा पद्धतीको तयार गरिन्छ र तीनै नयाा वनाइएका पद्धतकिो आधारमा रहेर कार्यक्रमका नमुनाहरु तयार गरिन्छ । यसरी कार्यक्रम गर्दा स्वस्फूर्त  रुपमा भविष्य केन्द्रित वनाउदछ र नयाा संभावनाहरुको प्रष्फुटन र सदुपयोग हुन जान्छ । त्यसैगरी यसको डेस्टीनी प्रकृयामा दुर दृष्टि र नयाा संरचनाको आदार निश्चित समयको लागि लक्ष्य निर्धारण गरिन्छ र लक्ष्यको आधारमा उद्धेश्यहरुको निर्माण गरी कार्ययोजनाको तयार गरेर कार्यक्रमहरुको कार्यान्वयन गरिन्छ । यसरी भविष्यको परिकल्पनालाइ तर्कयुक्त तरकिाले प्राप्ती गर्न तर्फ अग्रसर गराउदछ ।
नेपाली समाजको सकारात्मके रुपान्तरण बहुजातीय, बहुभाषिक, बहुसाास्कृतिक, भौगोलिक विविधता विचको एकता अनि समृद्धतासाग संवन्धीत छ । यहााको प्रत्येक जातजाति, समाज समुदाय एवम्   भौगोलिक बनावटका विविध विषेशताहरु छन् र तिनै विषेशताहरु नै समृद्ध समुदायका आधारशीला हुन । त्यसकारण तिनै विषेशताहरुलाइ प्रष्फुटन गराएर नेपाली समाजको रुपान्तरणको आधारशीला तयार गर्न सकिन्छ । विभिन्न रुपमा छरीएर रहेका विविधतालाई सङ्कलन  गरी समुदाय र जनताको पक्षमा उपयोग गराउन  प्रशंसनीयखोज पद्धतिले महत्वपर्ण भूमिका खेल्दछ । प्रशंसनीय खोजपद्धति अनुसार सामुदायीक बिकासको क्रममा विभिन्न तहमा प्रशस्त सकारात्मक अन्तरक्रियाको आवश्यकता पर्दछ । सरसर्ती हेर्दा जनताका चाहना र भावना बुझ्न समावेशी अध्ययन, विविध तह र तप्काका जनता बीचको अन्तरक्रिया, गोष्ठी, सभा, सम्मेलन, पैरवी र सचेतताजस्ता अनेकांै क्रियाकलापहरु गर्नुपर्ने देखिन्छ । यी क्रियाकलापहरुको मुख्य उद्वेश्य विविधतामा एकता खोज्ने हुनेछ । राजनैतिक दलहरुको बीचमा, जातजातिहरुको बीचमा, पेशाकर्मीहरुको बीचमा र अन्य विविध समुदायहरुको बीचमा सद्भाव बढाउन, सामञ्जस्य ल्याउन र समझदारी बढाउन सकारात्मक अन्तरक्रियाहरुले अहम् भूमिका खेल्न सक्छन । जव सवैको वुझाइमा सकारात्मक सोच सहितको एकरुपता आउन सक्दछ तव मात्र सकारात्मक रुपान्तरणको आधारशिला तयार हुन्छ । (अमेरिकाको केस वेस्टर्न विश्वविद्यालयवाट प्रशंसनीय खोज विधिमा मान्यता प्राप्त प्रशिक्षक) rc.erips@ntc.net.np

Published On:  931पटक हेरिएको

तपाईको प्रतिक्रिया