आइसीसीले नेपाललाई राख्यो शर्त

चैत, ३ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको नेपाल र नामिवियाबीचको खेल टियू मैदानमा खेलाउन शर्त अघि सारेको छ । नेपाल र नामिबियावीच आगामी वैशाख ४ र ६ मा कीर्तिपुरस्थित टियू मैदानमा खेल आयोजना गर्नका लागि आईसीसीले नेपालमाथि दुई सर्त अघि सारेको हो । बुधबार एक बिज्ञप्ति जारी गर्दै आइसीसीले मैदानको अबस्था र खेलाडी सुरक्षाको आश्वशन दिन सके मात्र कीर्तिपुरमा खेलाउन सकिने जानकारी गराएको हो । सर्त पुरा नगरे नेपाल र नामिवियाबीचको खेल अन्य देशमा हुने आईसीसीले संकेत दिएको छ ।

तपाईको प्रतिक्रिया