संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकताको वातावरण बन्छ : प्रचण्ड

काठमाडौं–चैत, ३ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले केही समय भित्र राष्ट्रिय एकताको वातावरण बन्ने दाबि गर्नुभएको छ । दोलखास्थित हाम्रो रेडियोको वार्षिकोत्सव समारोहमा अध्यक्ष दाहालले ठूला दलहरूवीच संविधान कार्यान्वयनका लागि छ्टिटै एकता वातावरण बन्ने बताउनुभयो । दाहालले नेपालमा संविधान बनेपछि संयुक्त राष्ट्रसंघले समेत स्वागत गरेपनि छिमेकी भारतले अझै खुलेर स्वागत गर्न नसकेको धारणा राख्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि पनि संविधानलाई स्वागत गर्न नसकेको भन्दै दु:खेसो प्रकट गर्नुभयो ।

Published On:  514पटक हेरिएको

तपाईको प्रतिक्रिया