चीर ठड्याएसँगै होलीको रौनक सुरू

काठमाडौं– चैत्र ३ । वसन्तपुरमा तीनतले चीर ठड्याएसागै मुलुकभर होली पर्व सुरु भएको छ । हनुमानढोकाको दक्षिणतर्फ रहेको चीर ठड्याउन नेपाल पञ्चांग निर्णायक समितिले आज बिहान ७ बजेर ४७ मिनेटको साइत जुराएको थियो । सोही साइत अनुसार चीर ठड्याइएको हो । प्रत्येक वर्ष फाल्गुण शुक्ल अष्टमीका दिन रङ्गका कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै मुलुकभर होलीको रौनक सुरु हुन्छ ।

तपाईको प्रतिक्रिया